आइतबार, साउन ३१, २०८३

पौडेल पक्षको भेला जारी, शेखर र प्रकाशमान अनुपस्थित

कांग्रेस नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला सुरु भएको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- कांग्रेस नेता रामचन्द्र पौडेलले बोलाएको जिल्ला सभापतिहरूको भेला सुरु भएको छ।

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि पौडेलले बोलाएको जिल्ला सभापतिको भेलामा शेखर कोइराला र प्रकाशमान सिंह भने अनुपस्थित भएका छन्। भेलामा पूर्व महामन्त्री शशांक कोइराला भने उपस्थित भएका छन्।

नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन पौडेलले भेला बोलाएका हुन्। 

काठमाडौंमा उपलब्ध जिल्ला सभापतिलाई बोलाएर केन्द्रीय समिति बैठकमा धारणा राख्नुअघि नेता पौडेलले राय माग्ने भएका छन्।

प्रकाशित: Mar 25, 2022| 11:03 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...