आइतबार, साउन ३१, २०८३

चितवन कांग्रेसले सबै वडामा प्रतिनिधि खटायो

नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ। कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

चितवन- नेपाली कांग्रेस जिल्ला कार्यसमितिले स्थानीय निर्वाचन २०७९ लक्षित गरी सबै वडामा प्रतिनिधि खटाएको छ। कांग्रेसले जिल्लाका सात पालिकाका ९८ वडामा प्रतिनिधि खटाएको हो। 

जिल्ला सभापति राजेश्वर खनालका अनुसार खटिएका प्रतिनिधिलाई बिहीबार अभिमुखीकरण गरिएको छ। खनालको भनाइमा ती प्रतिनिधि यही चैत १२ गते बिहानदेखि आ–आफ्नो वडामा खटिने छन्। ‘घर जाऔँ, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत वडा कमिटी र कार्यकर्तालाई परिचालन गरेर उनीहरुले घरदैलो कार्यक्रम गर्नेछन्। पाँच दिनसम्म वडामा रहेर प्रतिनिधिले काम गर्ने खनालले जानकारी दिए। 

पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला कार्यसमितिका सदस्य, प्रदेश प्रतिनिधि र केही बौद्धिक क्षमता भएका पार्टीका बुद्धिजीवीलाई खटाइएको छ। उनीहरूले घरदैलोसँगै वडामा पार्टीको अवस्थाबारेमा पनि अध्ययन गर्ने छन्। अधिकांश वडामा टोल समितिसमेत गठन भइसकेको छ। शनिबार बिहान ११:३० बजे एकैसाथ जिल्लाका ९८ वडामा अभियान सुरु गरिने छ। 

पार्टीले फागुन २९ गते जिल्लामा अभियान सुरु गरेको थियो। चैत १ गते सङ्घीय क्षेत्रमा र चैत ७ गते पालिकामा चुनावी अभियान सुरु गरिएको छ। जिल्लामा नेपाली कांग्रेसको क्रियाशील सदस्य सङ्ख्या २८ हजार रहेको छ। सात पालिकाका ९८ वडामध्ये गत निर्वाचनमा कांग्रेसले ३५ वडा जितेको थियो। 

इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एवं भरतपुर महानगरपालिकामा उपप्रमुखबाहेक अन्यत्र नेतृत्व कांग्रेसले गुमाएको थियो। खनालले भने, 'जिल्लाको स्थानीय तहमा बर्चश्व कायम हुने गरी अभियान थालेका छौं।' - रासस

प्रकाशित: Mar 25, 2022| 10:15 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...