बिहीबार, चैत १२, २०८२

चेल्सीको नजरमा रहेका गोलोभिन पुगे मोनाको

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मस्को- रसियन राष्ट्रिय टिम तथा सिएसके मस्कोका एट्याकर एलेक्जेन्डर गोलोभिन मोनाकोमा अनुबन्धित भएका छन्। इंग्लिस क्लब चेल्सीको नजरमा रहेका गोलोभिनलाई मोनाकोले पाँच वर्षको लागि क्लबमा शुक्रबार अनुबन्ध गरेको हो। 

उनको अनुबन्ध रकम नखुलाइएपनि उनी २७ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध भएको बुझिएको छ। मोनाकोको अफिसियल साइटले गोलोभिनलाई अनुबन्ध गरिएको र यसबारे छिट्टै सार्वजनिक गरिने बताएको छ। उनी २०२३ सम्म मोनाकोमा रहने क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

‘एएस मोनाकोले गोलोभिनलाई गोलोभिनलाई सिएसके मस्कोबाट पाँच वर्षका लागि अनुबन्ध गर्न पाएकोमा खुशी छौं।’मोनाकोमा अनुबन्ध भएसँगै गोलोभिनले यो आफ्नो लागि नयाँ र साहसिक यात्रा रहेको बताए। ‘मेरो केही लक्ष्यमध्ये ठुला क्लबबाट खेल्ने एक महत्वाकाङ्क्षा पुरा हुने भएको छ। मैलै अब के गर्ने र कसरी अघि बढ्ने भन्ने सोचिरहेको छु। जहाँ मैले नयाँ साथीहरु र म्यानेजरसँग खेल्ने मौका पाएको छु’, गोलोभिनले भने।

२२ वर्षीय गोलोभिनले रसिया विश्वकपमा उच्च प्रदर्शन गरेपछि उनलाई चेल्सीले अनुबन्ध गर्ने प्रयास गरेको थियो। रसिया विश्वकपमा चार खेलमा गोलोभिनले एक गर्नुका साथै दुई गोलको लागि अवसर सिर्जना गरेका थिए। अघिल्लो सिजन रसियन लिगमा मस्कोबाट २६ खेल खेल्दा गोलोभिनले पाँच गोल गर्दै ३ गोलको लागि सहायता गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।