आइतबार, साउन ३१, २०८३

मधेस प्रदेशसभाको बैठक आज बस्दै

मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

जनकपुर- मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ। प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालयसम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जीतकुमार यादवले जानकारी दिए।

यस्तै अघिल्लो बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि समेत छलफल हुने कार्यसूची रहेको सचिव यादवले बताए।

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले पटक–पटक गरी चारपटक स्थगन गरेको थियो।

प्रकाशित: Mar 25, 2022| 10:03 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...