काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको विषयमा असन्तुष्ट संस्थापन इत्तर पक्षले प्रतिवाद गर्ने भएको छ।
आजदेखी सुरु हुने केन्द्रीय समिति बैठकमा शेखर कोइराला समूहले नेविसंघ र तरुण दलको अध्यक्षमा सहमति बिनै नियुक्त गरेको भन्दै प्रतिवाद गर्ने जनाएको हो।
कांग्रेस नेता रञ्जित कर्णले सभापति देउवाले एकलौटी निर्णय गरेको भन्दै त्यो आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्। 'उक्त निर्णयको हामी कडा प्रतिवाद गर्ने छौं,' उनले भने।
सभापति देउवाको सो निर्णय लगत्तै कोइराला समूहले अलग्गै भेला डाकेर असन्तुष्टी प्रकट गरिसकेको छ।
गत गत बुधवार सभापति देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा बिद्धान गुरुङलाई नियुक्त गरेका थिए।