काठमाडौं- नेविसंघका नवनियुक्त अध्यक्ष दुजाङ शेर्पाले आज पदभार सम्हाल्ने भएका छन्।
दिउँसो ११ बजे पूर्वअध्यक्ष राजीव ढुँगानाले एक कार्यक्रमकाबीच शेर्पालाई पदभार हस्तान्तरण गर्ने छन्।
कांग्रेसले बुधबार शेर्पालाई नेविसंघको अध्यक्ष नियुक्त गरेको थियो। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वअध्यक्ष ढुँगानाले संघको कार्यालयमा पद हस्तान्तरण गर्ने शेर्पाले जानकारी दिए।
अध्यक्ष शेर्पालाई स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको तीन महिनाभित्र महाधिवेशन गर्ने म्यान्डेट दिइएको छ।