आइतबार, मंसिर ७, २०८२

विश्वकप छनोट : इटाली पराजित, अर्को खेलमा पोर्चुगलको जित

कतार विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत बिहीबार राति सम्पन्न प्ले अफमा युरो विजेता इटाली पराजित भएको छ। इटालीले नर्थ म्यासेडेनियासँग १–० को हार बेहोरेपछि विश्वकपको यात्रामा पूर्ण विराम लगाएको हो।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- कतार विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत बिहीबार राति सम्पन्न प्ले अफमा युरो विजेता इटाली पराजित भएको छ। इटालीले नर्थ म्यासेडेनियासँग १–० को हार बेहोरेपछि विश्वकपको यात्रामा पूर्ण विराम लगाएको हो।

National life

इटालीले यसअघि सन् २०१८ मा भएको रसिया विश्वकप पनि गुमाएको थियो। त्यो समयमा उसले स्विडेनसँग प्ले अफमा हार बेहोरेपछि विश्वकप गुमाएको थियो।

यता प्ले अफकै अर्को खेलमा भने पोर्चुगलले टर्कीविरुद्ध ३–१ को जित निकालेको छ।

पोर्चुगलको जितका लागि ओताभियो डि सिल्वा, डियागो जोटा र माथिउस कुन्ह्वाले गोल गरेका थिए।

यससँगै अफ प्ले अफको फाइनलमा पोर्चुगलले आउँदो मार्च ३० तारिखमा नर्थ म्यासेडोनियाको सामना गर्ने भएको छ। प्ले अफकै अर्को खेलमा भने वेल्सले अष्ट्यिालाई हराएको छ।

Laxmi sunrise bank
kumari

इटालीले अन्तिम पटक सन् २०१४ को विश्वकप खेलेको थियो। त्यो विश्वकप ऊ समूह चरणबाटै बाहिरिएको थियो। त्यसअघि सन् २०१० को विश्वकपमा पनि उसले नकआउटमा स्थान बनाउन सकेन। सन् २००६ को विश्वकपमा इटालीले अन्तिम पटक कनआउट खेल खेलेका थियो। 

इटाली सन् २००६ को विश्वकपको विजेता समेत हो। तर, उसले लगातार दुई विश्वकप गुमाएको छ।

प्रकाशित: Mar 25, 2022| 08:45 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।