बिहीबार, चैत १२, २०८२

रसियन फुटबल फेडेरेसनले गर्‍यो चेर्चेसोभको सम्झौता नवीकरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
रसिया- रसियन फुटबल फेडेरेसनले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभको सम्झौता नवीकरण गरेको छ। दुई वर्षको सम्झौता नवीकरणसँगै चेर्चेसोभले सन् २०२० को युरो कपसम्म रुसी टोली सम्हाल्ने छन्। 

उनीसँगको सम्झौता नवीकरणपिछ रुस फुटबल फेडेरेसनले टोलीले उच्च प्रदर्शन गर्ने अपेक्षा राखेको छ। ‘चेर्चेसोभ र उनको टोलीमाथि फेडेरेसनले पूर्ण रुपमा विश्वास र भरोसा राखेको छ । हामीले रुसमा भएको जस्तै महत्वपूर्ण उपलब्धिको अपेक्षा आगामी दिनमा पनि राखेका छौं। 

त्यसैले हामीले चेर्चेसोभलाई सम्झौता नवीकरण गरेका हौ’ फेडेरसनका कार्यवाहक अध्यक्ष एलेक्जेन्डर अलेभले भनेको छन्।

रुसका पूर्व गोलकिपरसमेत रहेका चेर्चेसोभले २०१६ बाट रुसी टोली सम्हालिरहेका छन्। उनको प्रशिक्षणमा रुस घरेलु मैदानमा भएको विश्वकपमा क्वाटरफाइनलसम्म पुग्न सफल भएको थियो। क्वार्टरफाइनलमा रुस पेनाल्टी सुटआउटमा क्रोएसियासँग ४-३ ले पराजित भएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।