आइतबार, मंसिर ७, २०८२

चिलीविरुद्ध ब्राजिलको सानदार जित

फिफा विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले विश्वकपकै दक्षिण अमेरिकी छनोटमा सानदार जित निकालेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- फिफा विश्वकपमा स्थान बनाइसकेको ब्राजिलले विश्वकपकै दक्षिण अमेरिकी छनोटमा सानदार जित निकालेको छ।

National life

कतार विश्वकपका लागि शुक्रबार बिहान आयोजना भएको खेलमा ब्राजिलले चिलीविरुद्ध ४-० को जित निकालेको हो।

ब्राजिलका लागि नेयमार, भिनिसियस जुनियर, फिलिप काउटिन्हो र रिचार्लिसनले समान १-१ गोल गरेका छन्। पहिलो हाफको ४४औं मिनेटमै पेनाल्टीको अवसर पाएपछि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले अग्रतालाई दोब्बर बनाएका थिए। त्यस्तै, खेलको ७२ औं मिनेटमा ब्राजिलले अर्को पेनाल्टी पायो। यसपटक फिलिप काउटिन्होल पेनाल्टीमा गोल गरेका थिए।

त्यस्तै, खेलको इन्ज्युरी समयमा रिचार्लिसनले गोल गर्दै अंकदुरीलाई ४-० मा पुर्‍याएका थिए। यो जितसँगै ब्राजिलले दक्षिण अमेरिकी छनोटमा ४२ अंक बनाएको छ। त्यस्तै, दोस्रो स्थानको अर्जेन्टिनाले ३५ अंक बनाएको छ। यी दुवै टिम विश्वकपका लागि छनोट भइसकेका छन्।

Laxmi sunrise bank
kumari

दक्षिण अमेरिकी छनोटअन्तर्गत आज बिहानकै बाँकी खेलमा भने कोलम्बियाले बोलिभियालाई हराएको छ भने पराग्वेले इक्वेडरलाई हराएको छ। अहिले छनोटको तेस्रो र चौथो थानमा क्रमशः इक्वेडर र उरुग्वे रेका छन्। उनीहरूको समान २५,२५ अंक छ।

दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिनासँगै इक्वेडर र उरुग्वे पनि विश्वकपका लागि छनोट भएका छन्। एक खेल बाँकीरहेको छनोटमा पाँचौँ स्थानको पेरुले चौथो स्थानको उरुग्वेलाई नभेट्ने अवस्था भएपछि शीर्ष चारका सबै टिम विश्वकपका लागि छनोट भएका हुन्।

पाँचौँ स्थानको टिमले भने विश्वकपमा छनोट हुने प्ले अफ खेल्नुपर्ने छ।

प्रकाशित: Mar 25, 2022| 08:10 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।