आइतबार, मंसिर ७, २०८२

नेपाल भर्सेस पीएनजी : युवा खेलाडीलाई अवसर

काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा आजबाट दुई खेलेको एकदिवसीय क्रिकेट सिरिज सुरु हुँदैछ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- काठमाडौंको कीर्तिपुर क्रिकेट मैदानमा आजबाट दुई खेलेको एकदिवसीय क्रिकेट सिरिज सुरु हुँदैछ। बिहान ९ बजेबाट सुरु हुने खेलमा नेपालले पाहुना टिम पपुवा न्युगिनीको सामना गर्नेछ। यो खेलका लागि दुवै टिम तयार रहेको प्रशिक्षक र कप्तानहरूले बताएका छन्।

National life

नेपाली टिमका प्रशिक्षक पुबुदु दाशा नायकेले नेपालको सबैभन्दा मुख्य कुरा फ्यान रहेको पनि बताएका छन्। ‘यहाँको क्रिकेटका समर्थक धेरै क्रेजी छन्। उनीहरू मैदानमा आउँछन्। कतिपयले टेलिभिजन र कतिले अनलाइनबाट पनि हेर्छन्,’ प्रशिक्षक पुबुदुले भने, ‘पाहुना टिमका लागि पनि रोमाञ्चक खेल हुनेछ भन्ने लागेको छ।’

उनले नेपाली टिमका लागि पनि यो प्रतियोगिता निकै महत्पूर्ण रहेको बताएका छन्। ‘अब नेपालले अमेरिकासँग खेल्न बाँकी नै छ। त्यस्तै, म आउँदा खेलका लागि खेलाडी तयार गर्ने योजनामा छु,’ प्रशिक्षक पुबुदुले भने, ‘मेरो लागि युवाहरूलाई एक्सपोज गर्ने यो उचित समय हो। र, यो मौसममा खेल्न पनि सहज छ।’

नेपाली टिमका कप्तान सन्दीप लामिछानेले पीएनजीलाई विश्मै क्रिकेटको धेरै क्रेज भएको मुलुकमा आएको जानकारी गराए। उनले पनि यो सिरिज युवा खेलाडीको एक्सपोजरको लागि हुने बताएका छन्।

त्यस्तै, पीएनजीका प्रशिक्षक काल्र्स पहिलो पटक नेपाल आएका हुन्। उनले नेपाल आउन पाँदा खुसी भएको पनि बताएका छन्। ‘हामीले नेपालसँग मैत्रीपूर्ण र अन्य धेरै खेलहरू खेलेका छौं। अहिले नेपालमा नै खेल्न लागिरहेका छौं। यसमा धेरै खुसी लागेको छ,’ प्रशिक्षक कार्लसले भने, ‘हामी ब्याटलका लागि तयार छौं।’

Laxmi sunrise bank
kumari

उनले नेपाली टिमसँग नेपालमा खेल्न गाह्रो हुने र धेरै फोकस गरेर खेल्नुपर्ने बताएका छन्। उनले नेपालको क्रिकेटको क्रेजको बारेमा अलिअलि जानकारी रहेको र इन्जोय गरेर खेल्ने बताएका छन्।

प्रकाशित: Mar 25, 2022| 07:45 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।