आइतबार, साउन ३१, २०८३

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको हो।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको हो।

आजको बैठकले आगामी स्थानीय तह निर्वाचनका लागि टिकट वितरणका लागि कांग्रेसले संसदीय समिति गठन गर्ने छ।

पार्टी विधानअनुसार निर्वाचन लड्ने उमेदवार तय गर्ने र टिकट वितरण गर्ने अधिकार संसदीय समितिलाई मात्र छ।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’अभियानको प्रारम्भिक समीक्षा हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

यस्तै, बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र, गठबन्धनसँगको तालमेल लगायतका विषयमा पनि छलफल गर्ने मुख्यसचिव पौडेलले बताए।  बैठकमा सहभागी हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई अनुरोध गरिएको छ।

प्रकाशित: Mar 25, 2022| 07:00 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...