आइतबार, साउन ३१, २०८३

एमालेले वैशाख ९ गते घोषणापत्र सार्वजनिक गर्ने

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आशन्न स्थानीय तहको निर्वाचनको तयारीका लागि यही चैत १६ गते मुलुकका ७५३ वटै पार्टीका कमिटीका पदाधिकारीलाई सम्बोधन गर्ने भएका छन्।

पूर्वप्रधानमन्त्री ओलीले निर्वाचन घोषणापत्रका लागि परामर्श र पार्टीका नीतिबारे स्पष्ट पार्न एकैदिन प्रविधिमार्फत सम्बोधन गर्न लागेका हुन्। सो पार्टीको आज सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकले उक्त कार्यक्रम तय गरेको हो। 

आगामी वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसर पारेर केन्द्रमा निर्वाचन घोषणापत्र र स्थानीय तहमा पार्टीका तर्फबाट प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको छ।

प्रकाशित: Mar 25, 2022| 06:19 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...