आइतबार, मंसिर ७, २०८२

सेना, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेश सेमिफाइनलमा

विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

विराटनगर - विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्।

National life

बिहीबारको पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० को गोलअन्तरमा पराजित गरेको छ। गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २–२ गोल तथा रोहन लामाले १ गोल गर्दै टोलीलाई विजयी बनाए। खेलको म्यान अफ द म्याच गण्डकीका आशिष ठकुरी भए।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई ३–१ गोलअन्तरमा पराजित गरेको छ। सुदूरपश्चिमका दीपकराज जोशी, आयुष साह र भीम भट्टले समान १–१ गोल गर्दै टोलीलाई विजयी बनाए। खेलको म्यान अफ द म्याच सुदूरपश्चिम प्रदेशका आयुष साह भए।

त्यसैगरी तेस्रो खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ७–१ गोल अन्तरमा पराजित गरेको छ। लुम्बिनीका लागि अद्नान अन्सार र सागर आचार्यले समान २–२ गोल तथा सुरजकुमार घर्ती र इम्तिहाज अन्सारीले समान १–१ गोल गरे। मधेस प्रदेशका लागि एक मात्र सान्तवना गोल आकाश साहाकानुले गरे। खेलको म्याद द म्याद म्याच लुम्बिनीका अद्नान अन्सारी भए।  

नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगिताको अंक तालिका अनुसार शुक्रबारको पहिलो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा दोस्रो सेमिफाइनल खेल नेपाली सेना र लुम्बिनी प्रदेशबीच  हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिए।  

Laxmi sunrise bank
kumari

चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ। प्रगियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्।

प्रकाशित: Mar 24, 2022| 20:40 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।