आइतबार, मंसिर ७, २०८२

थाइल्यान्डसँग नेपाल दुई गोलले पराजित

थाइल्यान्डको चोनबुरमा भर्खरै सम्पन्न नेपाल र थाइल्यान्डबीचको फुटबले खेलमा नेपालले हार बेहोरेको छ। बिहीबारको मैत्रीपूर्ण खेलमा नेपाले २-० को हारको सामना गरेको हो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- थाइल्यान्डको चोनबुरमा भर्खरै सम्पन्न नेपाल र थाइल्यान्डबीचको फुटबले खेलमा नेपालले हार बेहोरेको छ। बिहीबारको मैत्रीपूर्ण खेलमा नेपाले २-० को हारको सामना गरेको हो।

National life

खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। दोस्रो हाफमा नेपालविरुद्ध थाइल्यान्डले केहि राम्रा प्रयासहरु गरेको थियो। तर गोल गर्न भने सकेन्। दोस्रो हाफमा पनि थाइल्यान्डले गोलका प्रयासहरु गरिरह्यो।

खेलको ८१ औं मिनेटमा थाइल्यान्डले घरेलु समर्थकमाझ एक गोल गर्यो। पेनाल्टी बक्स भित्रबाट फिलिप रोलरले गरेको प्रहार डेभिएट भएर पोस्टमा छिरेको थियो। त्यो अवस्थामा गोलकिपर किरा कुमार लिम्बूले केहि गर्न सकेनन्।

फिफा वरियतामा ११२ औं स्थानमा रहेको नेपालविरुद्ध आयाजक थाइल्यान्डले खेलको सुरुबाटै आक्रमण बुनेको थियो। तर सुरुमा उसले गोल गर्न सकेन।

यता नेपाल भने धेरै रक्षात्मक देखियो। उसले खेलमा गोलका अवसरहरु पनि खासै सिजर्न गर्न सकेन। तर खेलको दुई मिनेट बाँकी रहँदा थाइल्यान्डले अग्रता दोब्बर बनायो। यसपटक चाओवट बिराचार्टले प्रहार गरेको बल गोलकिपर किरण कुमार लिम्बूलाई दायाँपट्टि छोड्दै पोस्टको जालीसम्म पुगेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 24, 2022| 20:13 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।