आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्‍न एमाले नेता-कार्यकर्तालाई निर्देशन

स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्‍न एमाले नेता-कार्यकर्तालाई निर्देशन

नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्‍न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्‍न नेता-कार्यकर्तालाई निर्देशन दिँदै बिहीबार सम्पन्‍न भएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आशन्‍न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्‍न नेता-कार्यकर्तालाई निर्देशन दिँदै बिहीबार सम्पन्‍न भएको छ।

बुधबारदेखि सुरु भएको बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन छलफलसहित पारित गरेको छ भने विभिन्‍न ११ बुँदे कार्यसूचीमा निर्णय गरेको छ। सबै कार्यसूची सर्वसम्मतिले पारित गर्दै एकै लय तालका साथ जनताको घरदैलोमा जान र उनीहरुका समस्या बुझ्‍न बैठकले मातहतका कमिटीलाई निर्देशन दिएको छ। 

बैठकको समापनका अवसरमा अध्यक्ष ओलीले आशन्‍न निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुनुपर्ने, पार्टीलाई थप प्रभावकारी बनाउनुपर्ने, एउटै लय र तालमा जनताको घरदैलो जाने र जनताका समस्यासँग परिचित हुन निर्देशन दिएका थिए। बैठकले पार्टीका सार्वजनिक कार्यक्रममा कम्तीमा पाँच जना वक्ता रहने, माला र खादाको प्रयोगमा कमी गर्ने, कार्यक्रम छिटो, छरितो बनाउने र मञ्चमा वक्तालाई मात्र राख्नुपर्ने जस्ता निर्वाचन लक्षित कार्यक्रमका विषयमा निर्णय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।       

बैठकले स्थानीय तहको उम्मेदवारको ६ मापदण्ड पारित गरेको छ। यही चैत मसान्तभित्र उम्मेदवारको सिफारिस गरिसक्न तथा वडा कमिटीको हकमा वडाले सिफारिस गरेर गाउँ नगरपालिकाले, गाउँ नगरपालिकाको जिल्लाले सिफारिस गर्ने उल्लेख छ। प्रदेशले, महानगर र उपमहानगरको प्रमुख, उपप्रमुखको हकमा सम्बन्धित कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेछ।

बैठकले निर्वाचनको घोषणापत्रलाई चाँडै अन्तिमरुप दिन सचिवालयलाई अधिकार दिएको छ। पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा (वैशाख ९ गते) सात सय ५३ स्थानीय तहमा एकैदिन देशव्यापी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने र सो दिवसलाई ज्येष्ठ कम्युनिष्टको सम्मानसहित सृजनात्मकरुपमा मनाउने निर्णय गरेको छ। 

निर्वाचन घोषणापत्र मस्यौदाका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल, नेताहरु देवेन्द्र दाहाल, प्रभु शाह, मनोजजङ्ग थापा, युवराज खतिवडा, प्रभा बराल, डा दिनेशचन्द्र देवकोटासहितको कार्यदल गठन गरिएको छ। बैठकले विभिन्न विभागमा सदस्यको मनोनयन र पार्टीको वार्षिक कार्ययोजना पारित गरेको छ।

प्रकाशित: Mar 24, 2022| 20:08 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...