आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी गगन थापालाई

कांग्रेसको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी गगन थापालाई

नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री गगनकुमार थापालाई दिइएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी महामन्त्री गगनकुमार थापालाई दिइएको छ। 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई घोषणापत्र तयारी समितिको संयोजकको जिम्मेवारी दिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। 

उनले कांग्रेसको फागुन ३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले थापालाई संयोजकको जिम्मेवारी दिएको बताएका हुन्। 

स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैचरणमा सम्पन्‍न गर्ने सरकारले यसअघि नै घोषणा गरिसकेको छ। सरकारले निर्वाचन घोषणा गरेसँगै सबै दलहरु चुनावी अभियान र घोषणापत्र तयारीमा जुटेका छन्। 


प्रकाशित: Mar 24, 2022| 19:44 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...