आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एक करोड ४२ लाख खर्च हुने एकदिवसीय सिरिजको राइट १ करोड २० लाखमा बिक्री

एक करोड ४२ लाख खर्च हुने एकदिवसीय सिरिजको राइट १ करोड २० लाखमा बिक्री

नेपाल र पपुवा न्युगिनीले खेल्ने ओडीआई सिरिजको तयारी पूरा भएको छ। शुक्रबारबाट कीर्तिपुरको क्रिकेट मैदानमा हुने नेपाल पपुवा न्युगिनी क्रिकेट सिरिजको तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले बताएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नेपाल र पपुवा न्युगिनीले खेल्ने ओडीआई सिरिजको तयारी पूरा भएको छ। शुक्रबारबाट कीर्तिपुरको क्रिकेट मैदानमा हुने नेपाल पपुवा न्युगिनी क्रिकेट सिरिजको तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले बताएको छ।

National life

'एकदिवसीय सिरिजमा नेपालले पीएनजीसँग खेल्नेछ। र टी-२० सिरिजमा मलेसियाले पनि जोइन गर्नेछ,' प्रतियोगिता ग्रानस म्यानरमा हुनेछ। यसले आईसीसी मान्यता पैसकेको छ।

प्रतियोगिताको आर्थिक पक्षबारे कुरा गर्दै क्यानका कोषाध्यक्ष रोशन सिंहले प्रतियोगिताको लागत एक करोड ४२ लाख ६० हजार रहेको बताएका छन्। म्यान अफ द म्याच १५० डलर, म्यान अफ द सिरिजलाई ३०० डलर रहने छ। त्यस्तै, टी-२० आईको लागि म्यान अफ द म्याचलाई १०० डलर र म्यान अफ द सिरिजलाई ५०० दिने क्यानले जनाएको छ।

नेपालको बारेमा कुरा गर्दै पीएनजीका कोच कार्ल्सले ठूलो सट खेल्ने खेलाडी तयार रहेको जानकारी दिएका छन्। नेपालका कोच पुबुदु दाशानायकेले पीएनजीसाँग घेरै खेल खेलेको भन्दै नेपाली टिम बिल्डिङ फेजमा रहेको यो सिरिजमा नयाँ खेलाडीले अवसर पाउने बताएका छन्।

'टिम परिवर्तन हुँदैछ। नयाँ खेलाडीले अवसर पाउँदैछन्,' पुबुदुले भने। त्यस्तै कप्तान सन्दीप लामिछानेले पहिलो पटक जिम्बाबेमा खेलेको सम्झँदै नेपालमा खेल्न रमाइलो हुने बताएका छन्।

Laxmi sunrise bank
kumari

उनले पनि युवा खेलाडीले अवसर पाउनेमा जोड दिएका छन्। नेपालमा आर्थिक मन्दीको कारण स्पोन्सर खोज्‍न गाह्रो भएको आयोजकले बताएको छ। यसकारण स्पोन्सर विदेशी स्पोन्सर खोजिएको हो। खेल्न हेर्नको लागि टिकट दर १५० रहेको छ।

क्यानले एक करोड २० लाखमा पीएनजीलाई कार्यक्रमको राइट्स बिक्री गरेको छ। प्रतियोगिताको बाँकी खर्च क्यानले गर्नेछ।


प्रकाशित: Mar 24, 2022| 18:54 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।