काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले आफू पक्षीय नेपाल विद्यार्थी संघ र तरुण दलका नेता कार्यकर्ताको भेला बोलाएको छ। सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले नेतृत्व चयन गरेको भन्दै भेला बोलाइएको हो।
तीन दिनभित्र नेविसंघ र तरुण दलको संयुक्त रुपमा राष्ट्रिय भेला गर्ने तयारी भएको नेता गुरुराज घिमिरेले जानकारी दिए।
देउवाले बुधबार नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई चयन गरेको थियो। बुधबार बसेको समूहको बैठकले देउवाले पेल्न खोजे प्रतिकार गर्ने निर्णय गरेको थियो।