आइतबार, साउन ३१, २०८३

अर्को साता भारत भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत भ्रमणमा जान लागेका हुन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा आगामी साता भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा भारत भ्रमणमा जान लागेका हुन्। 

देउवा चैत १८ गते भारत प्रस्थान गर्ने तयारी रहेको बताइएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट गरी प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे छलफल गरेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। प्रधानमन्त्रीको भ्रमण तीन दिनको हुनेछ।  

प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल उद्घाटन गर्ने तयारी छ। गत असारमा प्रधानमन्त्री नियुक्त भएयता देउवा पहिलो औपचारिक भारत भ्रमणमा जान लागेका हुन्। यसअघि गत पुस २५ मा देउवा भारत भ्रमणमा जाने तयारी भए पनि कोरोनाको तेश्रो लहरका कारण भ्रमण रद्द भएको थियो।

प्रकाशित: Mar 24, 2022| 17:39 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...