आइतबार, मंसिर ७, २०८२

राष्ट्रिय महिला फुटबल लिग आजबाट

राष्ट्रिय महिला फुटबल लिग आजबाट चितवनमा सुरु हुँदैछ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं– राष्ट्रिय महिला फुटबल लिग आजबाट चितवनमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा आज साविक विजेता एपीएफ क्लबले विभागीय डर्बी आर्मीको सामना गर्दैछ।

National life

एपीएफले पछिल्लो सिजनका सबै खेलमा जित निकालेर उपाधि जितेको थियो। यो वर्ष पनि एपीएफको लक्ष्य त्यहि नै हुने प्रशिक्षक जनक सिंह थारुले बताएका छन्।

त्यस्तै, आर्मी र पुलिस टिम पनि राम्रो प्रदर्शन गने दाउमा रहनेछन्। गएको वर्ष लिग तालिकाको पुछारमा रहेको चौदण्डीगढी नगरपालिका रेलिगेसनमा परेको छ।

त्यस्तै, गएको कात्तिक २८ गते सम्पन्न भएको महिला लिगको छनोटबाट दुई टिम लिगमा छनोट भएका छन्। छनोट भएका धनगढी र ललितपुरले यो वर्षको महिला लिगमा सहभागिता जनाउन लागेका हुन्।

प्रकाशित: Mar 24, 2022| 13:13 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।