आइतबार, साउन ३१, २०८३

चुनावसम्म गठबन्धन कायम रहन्छ : आरजु राणा

उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

धनगढी- नेपाली कांग्रेसकी नेतृ डा.आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन्। उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन्।

नेतृ डा.राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन्। उनले भनिन्, ‘संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरू सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ।’

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा.देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा काँग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताइन्। 

उनले भनिन्, ‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरुका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ।’ 

स्थानीय तह भनेका जनताको घरआँगनकै सरकार भएकाले उनीहरुका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन काँग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गरिन्।

उनले आफ्ना विषयको एक प्रश्नमा आफू कैलालीका जनतासँग भिजिसकेकाले पार्टीले टिकट दिए फेरि पनि यहीँबाट निर्वाचन लड्ने बताइन्।

नेतृ डा.देउवाले काँग्रेसका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा मिलेर र एकजुट भएर लाग्न आग्रह पनि गरिन्।

प्रकाशित: Mar 24, 2022| 13:06 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...