सोमबार, भदौ १, २०८३

पर्यटन मन्त्री आले भारत भ्रमणमा जाँदै

भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एक दिने औपचारिक भ्रमणका लागि जाँदै छन्। भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लागेका हुन्।

भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ। विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवर्द्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री आलेसँगै उक्त कार्यक्रममा सहभागी हुन जान लागेका  नेपाल नागरिक उड्डयन प्राधिकरणका डिडिजी हंशराज पाण्डेयले जानकारी दिए। 

उनका अनुसार उक्त कार्यक्रममा विशेष गरी मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्रियाउन तथा भारतसँग सिमाना जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाई रुट खोल्ने लगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने कार्यक्रम तय भएको छ। 

प्रकाशित: Mar 24, 2022| 10:28 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...