चितवन- नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीको चुनावी गठबन्धन नेपाली कांग्रेससँग हुने बताएका छन्। आज गृह जिल्ला चितवन पुगेर प्रचण्डले आगामी तीन तहै चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरेका हुन् ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि पहिलो पटक गृह जिल्ला पुगेका प्रचण्डले स्थानीय तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताए। 'चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केहि हुँदैन। केन्द्रबाट नै सहमति हुन्छ,' उनले भने।
उनले अहिले जारी गठबन्धन स्थानीय मात्र नभइ प्रादेशिक र संघीय चुनावसम्मै कायम रहने बताए। चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन।’
प्रचण्डको निर्वाचन क्षेत्र माडीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड आज चितवन पुगेका हुन्।