आइतबार, मंसिर ७, २०८२

नेपालले आज थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाल अहिले वरियताको १६७औं स्थानमा छ। त्यसैले थाइल्यान्डलाई जितेर वा बराबरी गरेर नेपाल आफ्नो वरियतामा सुधार गर्न चाहन्छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- फिफा वरियताको ११२औं स्थानमा रहेको थाइल्यान्डसँग नेपालले मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ। थाइल्यान्डको चोनबरीमा साँझ पौने ५ बजेबाट थाइल्यान्डसँग खेल्न लागेको हो। नेपाली टिमको यो मैत्रीपूर्ण खेलको लक्ष्य भने आउँदो एएफसी कप छनोटका लागि नेपाली टोलीको निर्माण रहेको टोलीमा मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।

National life

नेपाल अहिले वरियताको १६७औं स्थानमा छ। त्यसैले थाइल्यान्डलाई जितेर वा बराबरी गरेर नेपाल आफ्नो वरियतामा सुधार गर्न चाहन्छ।

‘एसियन छनोटका लागि यो होम्रो अन्तिम तयारी पनि हो। यो टिम जोर्डन कुवेतसँग झन्डै बराबरीको छ। त्यसैले हामीले थाइल्यान्डसँग खेल्न लागेको हो। खेल आयोजना गरेकोमा हामी थाइल्यान्डलाई धन्यवाद भन्न चाहन्छौं,’ प्रशिक्षक अलमुताइरीले खेलअघि भनेका छन्।

नेपाली खेलाडीले लगातर खेल खेलिरहेको कारण टिम फर्ममा रहेको नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले बताएका छन्। उनले ‘हामीले पछिल्लो समय मोरिसससँग खेलेका थियौ। घरेलु खेलहरु पनि भइरहेका छन्। राष्ट्रिय टिममा एक हप्ताको तयारी गरे पनि त्यो पुग्दो छ,’ कप्तान लिम्बूले भने, ‘हामीले टिमको योजना बनाएका छौं। र, कमजोरी पनि केलाएका छौं। यो खेल हामी आफ्नो कमजोरी थप पत्ता लागउनेछौं।’

यो खेलपछि नेपालले थाइल्यान्डको लिगविजेता क्लब चोनबुरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्दैछ। त्यो खेल भने मार्च २७ तारिखमा हुनेछ।

Laxmi sunrise bank
kumari

‘हामीले कुवेतको गर्मीमा पनि खेलिरसकेका छौं। त्यसैले थाइल्यान्डको मौसमले हामीले खास असर गर्दैन। मलाई लाग्छ हामीलाई त घरेलु मैदानमै खेल्न ठिक लाग्छ तर हामी यहाँ खेल्दैछौं,’ अलमुताइरीले भने।

प्रकाशित: Mar 24, 2022| 07:51 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।