सोमबार, भदौ १, २०८३

एमाले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने

नेकपा एमालेको बैठक आज बिहीबार पनि बस्ने भएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बुधबारदेखि जारी बैठक बिहीबार पनि बस्ने भएको हो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नेकपा एमालेको बैठक आज बिहीबार पनि बस्ने भएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बुधबारदेखि जारी बैठक बिहीबार पनि बस्ने भएको हो।

आज बुधबार प्रेस भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ। बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठकमा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको थियो ।

आजको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयमा लिखित सुझाव र राय प्रस्तुत गर्ने भएका छन् ।

पार्टीकाप्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार आज बाँकी ९ वटा अजेन्डामा छलफल गर्दै निष्कर्षमा पुग्ने छ। दुईदिने बैठकका ११ कार्यसूची छन्।

प्रकाशित: Mar 24, 2022| 06:53 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...