बिहीबार, फागुन २१, २०८२

यू-१८ साफ च्याम्पियनसिपका चारै खेलमा नेपाल पराजित

यू-१८ साफ च्याम्पियनसिपको अन्तिम खेलमा पनि नेपाली महिला टिम पराजित भएको छ। भारतको जमशेदपुरमा भर्खरै सम्पन्न खेलमा भएको नेपालको अन्तिम खेलमा नेपाल पराजित भएको हो।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं– यू-१८ साफ च्याम्पियनसिपको अन्तिम खेलमा पनि नेपाली महिला टिम पराजित भएको छ। भारतको जमशेदपुरमा भर्खरै सम्पन्न खेलमा भएको नेपालको अन्तिम खेलमा नेपाल पराजित भएको हो।

नेपालले पहिलो हाफमै बनाएको अग्रता जोगाउन नसक्दा हार व्यहोरेको हो। खेलको पहिलो हाफमा नेपाली स्ट्राइकर अमिषा कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिएकी थिइन्।

पहिलो हाफमा नेपालले अग्रता बचाए पनि दोस्रो हाफमा भने नेपालले दुई गोलको सामना गर्‍यो। नेपालविरुद्ध बंगलादेशका सामसुन्नहर र साधना अक्त रिपाले गोल गरे।

यससँगै नेपालले साफको चार खेलमा नै हार बेहोरेको छ। तीन देश सम्मिलित प्रतियोगितामा नेपालले भारतसँग दुई र बंगलादेशसँग दुई खेल खेलेको थियो। ति सबै खेलमा नेपालले हार व्यहोरेको हो।

आजको जितसँगै बंगलादेशले प्रतियोगिताको ६ अंक बनाएको छ। भारतको भने ९ अंक रहेको छ। प्रतियोगिताको उपाधिका लागि अन्तिम खेलमा भारत र बंगलादेश भिड्नेछन्। 

kumari

प्रकाशित: Mar 23, 2022| 21:38 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।