सोमबार, भदौ १, २०८३

नेविसंघको अध्यक्षमा डुजाङ शेर्पा र तरुणमा विद्वान गुरुङ मनोनित

नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा डुजाङ शेर्पालाई मनोनित गरिएको छ। त्यसैगरी तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई अध्यक्ष बनाइएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा डुजाङ शेर्पालाई मनोनित गरिएको छ। त्यसैगरी तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई अध्यक्ष बनाइएको छ। 

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बेलुका दुबै भ्रातृसंस्थाको नेतृत्व टुंग्याएको हो। यसअघि फागुन ३ गते बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले म्याद सकिएका भ्रातृ संस्थाका लागि तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो। 

सोही निर्णय अनुसार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्ष नियुक्त गरेको हो। तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्‍न गरिसक्नुपर्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्। 

सभापति देउवाले दुबै भ्रातृसंस्थाको नेतृत्व टुंग्याउनुअघि महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालालाई टेलिफोन गरेका थिए। 

प्रकाशित: Mar 23, 2022| 18:58 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...