सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • शेखर समूहको बैठक : निर्वाचन र भातृसंस्थाको समिति गठनबारे छलफल हुँदै

शेखर समूहको बैठक : निर्वाचन र भातृसंस्थाको समिति गठनबारे छलफल हुँदै

चैत ११ गते हुने केन्द्रीय समितिको बैठक अघि शेखर समूहले आफू पक्षीय नेताहरुको बैठक डोकेको हो। कमलपोखरी स्थित एक होटलमा २ बजे काठमाडौंमा उपलब्ध नेताहरुलाई डाकिएको छ।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले बैठक डाकेको छ। चैत ११ गते हुने केन्द्रीय समितिको बैठक अघि शेखर समूहले आफू पक्षीय नेताहरुको बैठक डोकेको हो। कमलपोखरी स्थित एक होटलमा २ बजे काठमाडौंमा उपलब्ध नेताहरुलाई डाकिएको छ।

भेलामा भातृसंस्थाका तदर्थ समिति गठन, संसदीय समिति गठन र स्थानीय निर्वाचनका सन्दर्भमा छलफल हुने एक नेताले जानकारी दिए। ‘संसदीय समिति गठन, भातृसंस्थाका तदर्थ समिति गठन र निर्वाचनका बारेमा छलफल गर्न बस्न लागेका हौं,’ एक नेताले भने। 

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियारलगायत केन्द्रीय सदस्यहरू उपस्थित हुने बताइएको छ। बुधबार बिहान मात्रै डा. शेखरले प्रधानमन्त्री तथा पार्टीका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए।

दुई नेताबीच भातृसंस्थाका तदर्थ समिति गठन, संसदीय बोर्ड गठन र निर्वाचनका सन्दर्भमा छलफल भएको थियो।

प्रकाशित: Mar 23, 2022| 14:31 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...