सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • संविधानबाहिर गएर सरकार चलाउन खोज्दा एमाले बाहिरिनुपरेको हो : कानुनमन्त्री बडू

संविधानबाहिर गएर सरकार चलाउन खोज्दा एमाले बाहिरिनुपरेको हो : कानुनमन्त्री बडू

कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा समयअगाडि नै बाहिरिनु परेको बताएका छन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं– कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले नेकपा एमालेले संविधानभन्दा बाहिर गएर सरकार सञ्चालन गर्दा समयअगाडि नै बाहिरिनु परेको बताएका छन्।

सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) को १६औं वार्षिक साधारणसभा तथा सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनलाई आज नेपालगन्जमा उद्घाटन गर्दै मन्त्री बडूले पूर्वप्रधानमन्त्री केपी ओली सरकार चलाउन असफल भएको बताए।

देशको प्रधानमन्त्री हुँदा जनताको भावना बुझ्न नसकेको, देश र जनता भन्दा बाहिर गएर सरकार चलाउन खोजेकोले ओली बाहिरिनु परेको उनले बताए। मन्त्री बडूले अहिलेको सरकार विशेष परिस्थितिमा विशेष दायित्वका साथ बनेको भन्दै खतरामा परेको संविधानको रक्षा गर्नु सरकारको मूल जिम्मेवारी भएको बताए। संविधानको व्यवस्था र मर्मविपरीत जान खोज्ने सबैको ओली नेतृत्वको सरकारको जस्तै अवस्था हुने मन्त्री बडूले बताए।

कार्यक्रममा मन्त्री बडूले संविधान रक्षा र संवैधानिक सर्वोच्चताको लागि रेडियो प्रशारणको लक्ष्य बन्नुपर्ने बताए। रेडियो प्रशारणले सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर पैरवी गरिरहनुपर्ने उनले बताए। २०६२–०६३ को जनआन्दोलनपछि रेडियो अभियानले नयाँ गति लिएको भन्दै मन्त्री बडूले सरकार सामुदायिक रेडियोहरुको विकासका लागि सधैं सकारात्मक र प्रतिबद्ध रहेको पनि बताए। उनले रेडियोहरुको नवीकरण शुल्क छुट, रोयल्टीमा ५० प्रतिशत छुट, विद्युत महसुलमा छुट लगायतको सहुलियत दिएर पनि सहयोग गरिरहेको बताए।


प्रकाशित: Mar 23, 2022| 13:07 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...