सोमबार, भदौ १, २०८३

शिक्षा ऐन बनाएर समस्या समधान गरौं : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा ऐन बनाएर शिक्षा क्षेत्रमा देखिएका समस्या समधान गर्नुपर्ने बताएका छन्।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षा ऐन बनाएर शिक्षा क्षेत्रमा देखिएका समस्या समधान गर्नुपर्ने बताएका छन्।  

कीर्तिपुरमा बुधबार त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रका समस्या समधान गर्न ऐन बनाउनुपर्ने बताएका हुन्। 

त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्नेमा उनको जोड थियो। समस्या समधानका लागि आफ्नो सहयोग रहने उनले बताए।  ‘आफूले पाएको जिम्मेवारी सम्झिएर काम गर्नुपर्छ । अब विश्वविद्यालयको समस्या समाधान गर्न ढिलो गर्नु हुँदैन। यसबारे कुलपति, प्रधानमन्त्रीसँग पनि कुरा गर्छु। सबै मिलेर समाधान गरौँ,’ उनले भने। 

त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि भएको तालाबन्दीले आफ्नो मन दुखेको उनको भनाइ छ। ‘विश्वविद्यालयमा विभिन्न समस्या छन्। ती समस्याले विश्वविद्यालयमा घाउ लाग्दा मन दुखेको छ,’ उनले भने।  उनले देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक रुपमा परिवर्तन गर्न नसकिएको बताए।

प्रकाशित: Mar 23, 2022| 12:32 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...