काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच पार्टीका भातृ संस्थाको विषयमा छलफल भएको छ। उनीहरूबीचमा कार्यावधि सकिएर नेतृत्व विहीन रहेका भातृ संस्थालाई नेतृत्व दिनेलगायत विषयमा छलफल भएको बताइएको छ।
बुधबार बिहान कोइरालाले सभापति देउवालाई टेलिफोन गरेर भातृ संस्थाका बारेमा कुराकानी गरेका हुन्। कांग्रेसमा नेविसंघ, तरूण दल, महिला संघलगायत पाँच भातृ संस्था नेतृत्वविहीन छन्।
उनीहरूबीच नेतृत्वविहीन रहेका भातृ संस्थालाई छिट्टै नेतृत्व प्रदान गर्ने र त्यसबारे सहमतिसाथ अगाडि बढ्ने कुराकानी भएको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।