बुधबार, असार ३१, २०८३

केएम-७ ! रोनाल्डोलाई पछ्याउँदै बाप्पे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
फ्रान्स- युवा स्टार केलियन बाप्पे अब नयाँ जर्सीका साथ पेरिस सेन्ट जर्मेन (पिएसजी) को टिममा देखिने भएका छन्। उनको नयाँ जर्सी नम्बरले उनीमा विशाल महत्वकांक्षा रहेको देखिन्छ। 

उनी विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीको स्थान हेरिरहेका छन्। बाप्पेले अहिले नै विश्वको नम्बर एक खेलाडी क्रिस्टियानो रोनाल्डोको ठाउँ लिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन्। तर, पिएसजीका स्टार बाप्पे पोर्चुगली स्टार रोनाल्डोलाई चुनौति दिन अघि बढिरहेका छन्।

मोनाकामा उनको सफलतासँगै उनी विश्वका एक अदभुत क्षमता भएको खेलाडी बनेका थिए र हाल पनि उनको स्टारडम बड्दै गएको छ। गत सिजन मात्र उनी पिएसजीमा १ सय ८० मिलियन युरोमा अनुबन्ध भएका थिए। 

पिएसजीमा लिग-१ को एक सिजन मात्र खेलेका उनले २७ खेल खेल्दै २७ गोल गरेका छन्। तर, पिएसजीका सबैखाले खेल खेल्दा उनले ४४ खेलमा २१ गोल गरेका छन्। 

यस सँगै उनी विश्व फुटबल जगतमा सबैभन्दा महंगा युवा खेलाडी बने। उनले विश्वकप २०१८ मा पनि आफ्नो राष्ट्रलाई उपाधि जित्न महत्वपुर्ण भुमिका खेले। आशाछकी उनले यस बर्ष रोनाल्डोको कब्जालाई ब्यालोन डि-ओरमा तोड्ने छन् र केलियन बाप्पे (केएम) ७ लाई स्थापित गर्ने छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।