आइतबार, मंसिर ७, २०८२

विश्वकपमा पाएको पोग्बाको मेडल चोरी

पोग्बाले चोरहरुले आफ्नो घर फोरेर चोरी गरेको बताएका छन्। पोग्बाको टिमले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडको सामना गरिरहेका बेलामा उनको घरमा चोरी भएको थियो।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- फ्रेन्च मिडफिल्डर पाउल पोग्बाले सन् २०१८ को रसिया विश्वकपमा पाएको मेडल चोरी भएको छ। फ्रान्स र म्याचेस्टर युनाइटेडका मिडफिल्डरसमेत रहेका पोग्बाले आफ्नो मेडल चोरी भएको बताएका हुन्।

National life

पोग्बाले चोरहरुले आफ्नो घर फोरेर चोरी गरेको बताएका छन्। पोग्बाको टिमले च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडको सामना गरिरहेका बेलामा उनको घरमा चोरी भएको थियो।

त्यो समयमा उनका दुई सन्तान र एकजना घरमा रहेको समयमा त्यो चोरी भएको थियो। ‘सबैभन्दा मूख्य कुरा मेरा सन्तान सुरक्षित छन्,’ उनले भने। चोरहरुले के कुरा लिए भन्नेबारे कुरा गर्दै उनले मेडलसँगै आमाले दिएको गहना लगेको बताएका छन्। तर आफ्नो घरमा चोर लागेको थाहा पाएपछि उनी आफ्ना सन्तानको बारेमा चिन्तित बनेका थिए।

सन् २०१८ मा फ्रान्सले विश्वकपमा फाइनलमा क्रोएसियालाई हराउँदै विश्वकपको उपाधि जितेको थियो। ३-२ सोलले उपाधि जित्ने क्रममा पोग्बाले तेस्रो गोल गरेका थिए। यसअघि फ्रान्समा रहेका नेयमार र एन्जल डि मारियाको घरमा पनि चोरी भएको थियो। पोग्बा सन् २०१६ मा युभेन्टसबाट ८९ मिलियन पाउण्डमा युनाइटेड पुनः सामेल भएदेखि इंग्लिस क्लबमा छन्। उनको सम्झौता यो समरमा सकिँदैछ।

प्रकाशित: Mar 23, 2022| 09:10 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।