आइतबार, मंसिर ७, २०८२

प्रथम बागमती प्रदेश खेलकुदमा शेखर र स्वागता पहिलो

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गरे। मकवानपुरका सन्देश राई दोश्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेश्रो भए।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- चितवनका शेखर उप्रेती र भक्तपुरकी स्वागता खाइजु प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडमा मंगलबार पहिलो भएका छन्।

National life

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुरुषतर्फ शेखरले निर्धारित दूरी २३.६१ सेकेन्डमा पूरा गरे। मकवानपुरका सन्देश राई दोश्रो तथा सिन्धुलीका कर्णवीर अधिकारी तेश्रो भए। महिलामा स्वागताले २८.८९ सेकेन्डमा दूरी तय गरिन्। ललितपुरकी रजिना दलाल दोश्रो र भक्तपुरकी प्रकृति सुवाल तेश्रो भए।

स्वागताले त्रिपलजम्पमा पनि स्वर्ण जितिन्। स्वागताले ९.७६ मिटर हाम फालिन्। चितवनकी आशिका गुरुङले रजत तथा दोलखाकी पसलेकी शेर्पाले कांस्य हात पारे। सो स्पर्धाको पुरुषमा चितवनका भुवन महतो १३.३८ मिटरसाथ पहिलो भए। चितवनकै सुजित दराईं दोश्रो तथा रामेछापका मनोज श्रेष्ठ तेश्रो भए। पुरुष हाफ म्याराथनमा काठमाडौंका धर्म महर्जन पहिलो भए। 

उनले १ घण्टा २० मिनेट २० सेकेन्डको समय निकाले। धादिङका श्रीलाल तामाङ दोश्रो तथा धादिङकै आशिषकुमार तामाङ तेश्रो बने। उक्त स्पर्धाको महिलामा निर्धारित दूरी १ घण्टा ४८ मिनेट ४७ सेकेन्डमा सकाउदै धादिङकी लक्ष्मी थापाले शीर्ष स्थान कब्जा गरिन्। भक्तपुरकी रेस्टिना सितिखु दोश्रो तथा धादिङकी तिलमाया तामाङ तेश्रो बने।

पुरुष डिस्कस थ्रोमा चितवनका जन्नुराम चौधरीले २८.७६ मिटर टाढा फाल्दै पहिलो स्थान हात पारे। चितवनकै दीपेश महतो दोश्रो तथा धादिङका राजेन्द्र लम्साल तेश्रो भए। त्यसै स्पर्धाको महिलामा १६.९७ मिटर टाढा फालेकी अनिता कार्कीले स्वर्ण चुमिन्। नुवाकोटकी रोजना राईले रजत तथा रामेछापकी पूजा तामाङले कांस्य जिते।

Laxmi sunrise bank
kumari

पुरुष ४ गुणा ४ सय मिटर रिलेमा चितवन पहिलो, सिन्धुली दोश्रो र मकवानपुर तेश्रो भए। सोको महिलामा भक्तपुर, दोलखा र चितवनले क्रमशः शीर्ष तीन स्थान हात पारे।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्क्ष शिव कोइरालालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। ८ खेल समावेश खेलकुदअन्तर्गत अब कराते, बक्सिङ र महिला फुटबलको प्रतिस्पर्धा मात्र बाँकी छ।

प्रकाशित: Mar 23, 2022| 08:40 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।