आइतबार, मंसिर ७, २०८२

यू-१८ महिला साफमा नेपालले आज बंगलादेशको सामना गर्दै

भारतको जमशेदपुरमा आयोजना भएको यू १८ महिला साफमा नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्न लागेको हो।
 |  बुधबार, चैत ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ९, २०७८

काठमाडौं- भारतको जमशेदपुरमा जारी यू १८ महिला साफ च्याम्यिनसिपमा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्दैछ। भारतको जमशेदपुरमा आयोजना भएको यू १८ महिला साफमा नेपालले अन्तिम खेल बंगलादेशसँग खेल्न लागेको हो।

National life

यसअघि नेपलले तीन खेलमा हार बेहोरिसकेको छ। जसमा भारतसँग लगातार दुई हार बेहोरेको छ भने बंगलादेशसँग एक हार बेहोरेको थियो।

नेपालले उद्घाटन खेलमा भारतको सामना गर्यो तर जित निकाल्न सकेन। त्यो खेलमा नेपालले ७-० गोलअन्तरको ठूलो हार बेहोरेको थियो। यता दोस्रो खेलमा नेपालले बंगलादेशसँग ४-२ को हार बेहोरेको हो। त्यस्तै, गएको चैत सात गते सम्पन्न खेलमा नेपालले भारतसँग ५-१ को हार बेहोरेको थियो।

आजको खेलमा नेपाल सान्त्वना जितको खोजिमा हुनेछ। आजको खेलमा नेपालले जित निकाल्न सके प्रतियोगिताको विजेता भारत हुनेछ। यदी आजको खेलमा बंगलादेशसले जित निकालेको अवस्थामा उपाधिको लागि प्रतियोगिताको अन्तिम खेल पर्खनु पर्नेछ।

डबल राउन्ड रोविनको शीर्षस्थानमा रहने टिमले यू १८ महिला साफको उपाधि जित्नेछ। अहिले भारतले तीन खेलमा जित निकाल्दै ९ अंक बनाएको छ भने बंगलादेशको खातामा तीन अंक मात्र छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 23, 2022| 08:10 बुधबार, चैत ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।