आइतबार, मंसिर ७, २०८२

पुरुषतर्फ पारस खड्का दशककै उत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पछिल्लो दशकको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का पछिल्लो दशकको उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा पारसले यो अवार्ड प्राप्त गरेका हुन्।

मञ्चले प्रत्येक वर्ष अघिल्लो वर्ष उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई पुरस्कृत गर्ने गरेकोमा यसपालि भने पछिल्लो दशकभरको सफलतालाई मानक मान्दै अवार्ड वितरण गरेको हो। मंगलबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा पछिल्लो दशक नेपाली क्रिकेटमा एकछत्र राज गरेका पारस सम्मानित भए। उनी यसअघि एक पटक युवा विधासमेत गरी अवार्डमा पाँच पटक वर्षको उत्कृष्ट खेलाडी घोषित भइसकेका छन्।

नेपाली क्रिकेटलाई विश्व क्रिकेट लिग डिभिजन पाँचबाट चार, तीन र दुई हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता दिलाउनमा पारसको व्यक्तिगत प्रदर्शन तथा नेतृत्वदायी भूमिका महत्वपूर्ण रहेको छ। सन् २०१३ मा यूएईमा भएको एसिसी ट्रफी जिताउन सफल कप्तान पारसले लगत्तैको वर्ष नेपाललाई पहिलो र अहिलेसम्मकै एकमात्र ट्वान्टी २० विश्वकप सम्म पुर्याउँदा सफल नेतृत्व गरेका थिए। 

प्रकाशित: Mar 22, 2022| 17:56 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।