आइतबार, मंसिर ७, २०८२

पपुवा न्युगिनीलाई हरायो नेपालले

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल सात विकेटले विजयी भएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको १८४ रनको लक्ष्य नेपालले ३६ ओभर ५ बलमा तीन विकेट गुमाएर भेट्टायो। 

National life

नेपालका लागि आरिफ शेखले सर्वाधिक ५९ रन बनाए। यस्तै कुशल भुर्तेलले ५०, रोहित पौडेलले ४४, आशिफ शेखले दुई रन बनाउँदा दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए। बलिङतर्फ पीएनजीका चार्ल्स अमिनीले दुई र कबुवा मोरेले एक विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर १८३ रन बनाएको थियो। पीएनजीका लागि कप्तान असाद भालाले सर्वाधिक ४५ रन बनाए। बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सर्राफले एक–एक विकेट लिए।

यो शृङ्खलामा नेपालले पहिलो खेलमा पीएनजीलाई हराएको थियो भने यूएईसँग दुवै खेलमा पराजित भएको थियो। विश्व क्रिकेट लिग–२ मा १२ खेलमा १२ अंकसहित नेपाल छैटौं स्थानमा छ। यूएई दोस्रो र पीएनजी पुछारमा रहेको छ।

प्रकाशित: Mar 22, 2022| 17:50 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।