बिहीबार, फागुन २१, २०८२

सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी

सावित्रा भण्डारी यो दशककै उत्कृष्ट खेलाडी बनेकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले भण्डारीलाई यो अवार्डबाट सम्मानित गरेको हो।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– सावित्रा भण्डारी यो दशककै उत्कृष्ट खेलाडी बनेकी छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले भण्डारीलाई यो अवार्डबाट सम्मानित गरेको हो। 

सावित्राले ३४ वटा अन्तर्राष्ट्रिय खेलमा ३८ गोल गरेकी छन्। उनी हालैमात्र कतारमा खुट्टाको उपचार गरेर फर्किएकी थिइन्। दशककै उत्कृष्ट बनेपछि उनले आफूलाई अब्बल बनाउन आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दै कोच, टिम, क्लब र एन्फालाई धन्यवाद दिएकी छन्।

सन् २०१४ मा राष्ट्रिय टोलीमा डेब्यु गरेर निरन्तर खेल्दै आइरहेकी सावित्राले घरेलु फुटबलमा पनि दबदबा कायम गर्दै आएकी छिन्। नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय लिगमा पनि प्रभाव जमाइसकेकी छिन्। २५ वर्षीया सावित्राले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी अवार्ड समेत जितेकी थिइन्।

राष्ट्रिय टोलीका लागि ३८ गोल गर्दै सर्वाधिक गोलकर्ता रहेकी सावित्राले दुई पटक साफ च्याम्पियनसिपमा उपविजेता बनेकी छिन्। त्यस्तै उनी सम्मिलित राष्ट्रिय टोलीले १२ औं र १३ दक्षिण एसियाली खेलकुदमा रजत पदक हासिल गरेको थियो। एपिएफले घरेलु फुटबलमा लगातार उपाधि जित्दा उनी नै अधिकांश प्रतियोगिताको सर्वाधिक गोलकर्ता रहँदै आएकी छिन्।

भारतको शीर्ष डिभिजन लिग, भारतीय महिला लिगमा पनि सावित्राले उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले कोरोना महामारीअघि सन् २०१९ मा सेथु एफसीका लागि खेल्दै उपाधि दिलाएकी थिइन्। त्यसपछिको सिजन उनले गोकुलम केरलाको लागि उपाधि दिलाइन्।

kumari

प्रकाशित: Mar 22, 2022| 17:38 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।