बिहीबार, फागुन २१, २०८२

एसियन स्पोर्टस जर्नालिस्टको अवार्ड सद्दामलाई

कुवेतका खेलकुद पत्रकार सद्दामले एसियन खेलकुद पत्रकार अवार्डको सम्मान पाएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं–  कुवेतका खेलकुद पत्रकार सद्दामले एसियन खेलकुद पत्रकार अवार्डको सम्मान पाएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आज प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको अवार्ड कार्यक्रममा सद्दाम एसियाका उत्कृष्ट पत्रकारको अवार्डबाट सम्मानित भएका हुन्।

एआईपीएस एसियाका महासचिव अजमद अजिज मलिकले सद्दामको अवार्ड लिएका छन्। मिडिया र कम्युनिकेसनमा पोस्ट ग्राजुएट गरेका उनी एआईपीएस एसियाका निवर्तमान अध्यक्ष पनि हुन्। उनी कुवेतको खेलकुद पत्रकारको समाजको अध्यक्ष छन्।

उनले त्यहाँको ओलम्पिक कमिटीको मिडिया प्रतिनिधि भएर काम गरिसकेका छन्। नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई एसिया स्पोर्टस जर्नालिस्ट अवार्डबाट सम्मानित गरेको हो।


प्रकाशित: Mar 22, 2022| 16:56 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।