आइतबार, मंसिर ७, २०८२

स्पेसल स्पोर्टस अवार्ड अजय राणालाई

डाक्टर अजय राणाले एनएसजेएफ स्पोर्टस अवार्डमा स्पेसल विधाको अवार्ड जितेका छन्। खेलाडीको उपचारमा संलग्न रहेका अजयले यो वर्ष स्पेसल अवार्ड हात परेका हुन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– डाक्टर अजय राणाले एनएसजेएफ स्पोर्टस अवार्डमा स्पेसल विधाको अवार्ड जितेका छन्। खेलाडीको उपचारमा संलग्न रहेका अजयले यो वर्ष स्पेसल अवार्ड हात परेका हुन्।

National life

उनी डाक्टरीमा लाग्नुअघि संकटा र बोइज युनियनबाट फुटबल खेलेका थिए। उनी हक्कीमा पनि खेलाडी बने। तर एमबीबीएसमा उनले नाम निकालेपछि उनले खेल छोडे। पछि फेरि खेलकुदसँगै जोडिए।

उनी खेलाडीको उपचारमा संलग्न भए। उनले दक्षिण एसियाली खेलकुदमा नेपाली खेलाडीको स्वास्थ्य टिमको लिड गरिसकेका छन्। राणा नेपाली खेलकुदको स्वास्थ्यका पर्याय नै बनेका छन्। राष्ट्रिय टिममा रहेका हरेक खेलाडीको उपचारमा उनी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्मिलित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई स्पेसल अवार्डबाट सम्मानित गरेको हो। अजयका छोरा जयन्त शमसेर राणाले उनको अवार्ड लिएका छन्। जयन्तले यो सम्मान पाउनु धेरै खुसीको कुरा भएको बताए। पिताको यो अवार्डले आफूलाई पनि धेरै खुसी दिलाएको बताएका छन्।

प्रकाशित: Mar 22, 2022| 16:35 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।