आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनएसजेएफ स्पोर्टस अवार्डमा पारा एथलिटको उपाधि सरिता थुलुङलाई

एनएसजेएफ स्पोर्टस अवार्डमा पारा एथलिटको उपाधि सरिता थुलुङलाई

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डमा पारा एथलिट अवार्डबाट सरिता थुलुङ सम्मनित भएका छन्।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं– नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने स्पोर्टस अवार्डमा पारा एथलिट अवार्डबाट सरिता थुलुङ सम्मनित भएका छन्। तीन वर्षमा पोलियो भएकी उनले एक खुट्टा गुमाएकी थिइन्। उनी घिस्रिएर स्कुल जान्थिन्।

National life

पछि संगीतमा लागेकी उनले पारा खेलकुदमा लागेकी थिइन्। खाइपाइ आएको जागिरसमेत छोडेर एथलेटिक्समा लागेकी उनलाई मञ्चले पारा एथलिट अवार्डबाट सम्मानित गरेको हो।

खेलको इच्छा शक्तिका कारण विश्व पारा च्याम्पियनसिपमा पनि उनले नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। ‘आफूलाई आत्मविश्वास हुनुपर्छ। शरीरमा समस्या भयो त के भयो दिमाग त ठिक छ। आफूले आफूलाई धेरै विश्वास गर्नुपर्यो। शरीरको लागि त उपकरण बनेका छन् नि,’ उनले भनिन, ‘विशेष गरेर नेपालको खेलकुद पत्रकार मञ्चलाई धन्यवाद। यसले मेरो संघर्षको यो सम्मान गरेको छ। म जस्तै अपांगलाई यसले धेरै प्रेरणा दिएको छ। उनले फरक क्षमता भएका खेलाडीलाई सहयोग गर्ने बताएकी छन्।

आज मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजित अवार्डमा उनी सम्मानित भएकी हुन्।

प्रकाशित: Mar 22, 2022| 16:07 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।