बिहीबार, भदौ ४, २०८३

औद्योगिक अध्ययन केन्द्र स्थापना हुने

उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याइने भएको छ।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

 विराटनगर- उद्योग सङ्गठन मोरङले उद्योग र विश्वविद्यालयबीचको लिङ्केज अभिवृद्धि गरी आर्थिक विकासका विविध आयाममा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याइने भएको छ। 

पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा कार्यान्वयन गरिने यो औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमूना सिकाइ केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ शुक्रबार साँझ उद्योग सङ्गठन मोरङले उद्योग र पूर्वाञ्चल विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो। 

हस्ताक्षर कार्यक्रममा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिकविज्ञको ऐकेडेमिक ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्य रहेको बताए। साथै विश्वविद्यालय र उद्योगबीचको प्राज्ञिक एवं व्यावसायिक सम्बन्ध स्थापित गरी अध्ययन अनुसन्धान एवं सिकाइको प्रक्रियालाई अघि बढाउन केन्द्रले भूमिका निर्वाह गर्ने उनले बताए।

अध्ययन केन्द्रले आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान तथा नीति विश्लेषण गर्न विश्वविद्यालयका युवा अनुसन्धानकर्तालाई प्रेरित गर्ने विश्वास अध्यक्ष प्याकुरेलले व्यक्त गरे। 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. यादवराज कोइरालाले अनुसन्धानको माध्यमबाट उद्योगको समस्या पहिचान गरी नीति निर्माण तहमा सुझाव प्रस्तुत गर्न दुवै पक्षबीच भएको समझदारीले सहयोग पुर्‍याउने  जानकारी दिए। सुदृढ आर्थिक एवं सामाजिक विकासका लागि नव उद्यमशीलतालाई समानान्तररुपमा  प्रवर्द्धन गर्दै लैजानुपर्ने धारणा राख्दै उपकुलपति कोइरालाले उद्यमी र प्राज्ञिक वर्गलाई अपनत्व हुने गरी केन्द्रले कार्य गर्ने बताए। 

केन्द्रका संयोजक एवं पूर्वाञ्चल विश्वविद्यालयका डा. विजु थपलियाले केन्द्रले उद्योगको नीति निर्माण, नीतिगत बहस र पैरवी, उद्योगी र विश्वविद्यालयबीच अन्तरसंवादको वातावरण तयार गर्न नयाँ आयाम थप्ने धारणा राखेका छन्। केन्द्रको संयोजकमा प्राध्यापक डा. थपलिया, सहसंयोजकमा इन्द्र खत्री, सदस्यमा युक्ति गोल्छा, प्राध्यापक देवी भट्टराई, प्रशान्तकुमार लालर तथा सदस्य सचिवमा सङ्गठनका महानिर्देशक चूडामणि भट्टराई रहेका छन।  रासस

प्रकाशित: Aug 07, 2021| 07:30 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।