पोर्चुगल- पूर्व रियल मड्रिड तथा पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोलाई स्पेनिस कर अधिकारीले कर छलिको आरोप लगाएका छन्। उनले कर छलिको आरोप प्रमाणित भए ठुलो रकम जरिवाना तिर्नुपर्ने छ।
कर अधिकारीसँगको सम्झौतामा उनले दुई बर्षको जेल सजाय वा १९ मिलियन युरोको जरिवाना स्वीकार्नु पर्नेछ। नयाँ युभेन्ट्सका स्टाइकर रोनाल्डोले रियलमा रहँदा २०११ र २०१४ को बिचमा १४.७ मिलियन युरोको कर छलि गरेको आरोप लागेको छ। ईएफईका अनुसार उनको कर छलिमा ५.७ मिलियन युरो कम गरिएको थियो। तर, अकाउन्ट जरिवना, ब्याज र अन्य लागत जोडेर उनको कर १९ मिलियन युरो पुगेको हो।
शुरुवातमा रोनाल्डो र उनको प्रबन्धक कम्पनी गेस्टिफ्युटले आरोपलाई खारेज गरेका थिए। जबकी रिपोर्टपछि स्पेनिस सरकारले यस विषयलाई समाधान गर्न एक प्रारम्भिक प्रस्तावलाई खारेज गरेको थियो।
त्यती बेला रोनाल्डोले इन्स्टिाग्राममा लेखेका थिए, ‘झुटो आरोपको माध्यमबाट जुन सुनौलो संसारमा म बाँचिरहेको छु त्यो बिगार्ने प्रयास नगर्नु।’ उनले थप लेखेका छन्, ‘म सही तरिकाले जे गरि रहेको छु त्यो गरि रहने छु।’ पहिलोचोटी अभियुक्त रोनल्डोको जेल सजाए भोगे फुटबल जगतमा नै अनौठो हुनेछ। किनकी उनी त्यत्रो समय जेलमा बिताउने छैनन्।
रोनाल्डोको सजाय अझैपनि पुष्टि हुनु पर्दछ। तर, त्यो त्यती बेला हुनेछ जब उनी मड्रिड कोर्ट पोर्चुगल डे अलार्कोनमा फैसलाका लागि आफैं पुग्ने छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४