आइतबार, मंसिर ७, २०८२

त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दै

दुबई रंगशालामा सवा ११ बजेबाट सुरु हुने अन्तिम खेलमा नेपालले दोस्रो पटक पपुवा न्युगिनीको समना गर्न लागेको हो।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- आईसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको दुबईमा जारी त्रिकोणत्मक सिरिजनमा नेपालले आज अन्तिम खेल खेल्दैछ। दुबई रंगशालामा सवा ११ बजेबाट सुरु हुने अन्तिम खेलमा नेपालले दोस्रो पटक पपुवा न्युगिनीको समना गर्न लागेको हो।

National life

अघिल्लो खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध २ विकेटको जित निकालेको थियो। आजको खेलमा पनि नेपाल जितको लक्ष्यका साथ मैदान प्रवेश गर्नेछ। यता पपुवा न्युगिनीले भने यसपहिले यूएईलाई पनि हराइसकेको छ।

यूएईलाई हराएर पपुवा न्यु गिनीको मनोबल पनि उच्च भएको छ। यता सिरिजका पछिल्लो खेलमा नेपालले यूएईसँग लज्जास्पद हार बेहोरेको छ। नेपालले पहिलो खेलमा यूएईसँग ४८ रनको हार बेहोरेको हो भने सोमबार ९९ रनको हार बेहोरेको थियो।

अहिले नेपाल लिग तालिकाको छैटौं स्थानमा छ। नेपालले ११ खेलमा १० अंक मात्र बनाएको छ। आजको खेलमा जित निकाले पनि नेपालको स्थान भने परिवर्तन हुँदैन। तर अघिल्लो सिरजमा सहज भने हुनेछ।

प्रकाशित: Mar 22, 2022| 08:42 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।