आइतबार, मंसिर ७, २०८२

एनएसजेएफ स्पोट्स अवार्ड आज

अवार्डको तयारी पुरा भएको आयोजकले जानकारी दिइसकेको छ। यो वर्ष विभिन्न नौ विधामा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएको छ।
 |  मंगलबार, चैत ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ८, २०७८

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने स्पोट्स अवार्ड आज (मंगलबार) प्रज्ञा प्रतिष्ठानमा हुँदैछ।

National life

अवार्डको तयारी पुरा भएको आयोजकले जानकारी दिइसकेको छ। यो वर्ष विभिन्न नौ विधामा अवार्ड वितरण गरिने आयोजकले जानकारी दिएको छ। त्यस्तै, कोभिडको महामारीका कारण खेलकुदमा प्रभावन परेको कारण आयोजकले यो अवार्डलाई दशक अवार्ड गर्ने पनि जानकारी दिएको हो।

‘कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिनेछ,’ मञ्चका महासचिव प्रज्वल ओलीले भने।

‘अपरान्ह ३: ०० बजे सुरु हुने अवार्डमा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ,’ मञ्चका अध्यक्ष सुवेदीले भने,‘यो वर्षको विषेश चाहिँ दशक अवार्ड नै हो।’

२०५२ साल भदौ २५ गते स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको हो।

Laxmi sunrise bank
kumari

अवार्ड कार्यक्रम एनटीभी प्लस एचडी, एनटीभी न्युज, एक्सन स्पोर्टस एचडी, इमेज च्यानलबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जानकारी दिएको छ। त्यस्तै, एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण हुनेछ। 

अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ पनि सकिएको छ। यो वर्ष पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेलले प्रतिस्पर्धा गरेका थिए। पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ-टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबार नै गरिने छ।

यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित  गिफ्ट ह्याम्पर पाउनेछन्।

प्रकाशित: Mar 22, 2022| 08:25 मंगलबार, चैत ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।