आइतबार, मंसिर ७, २०८२

राखेपका ८६ जना कर्मचारीले पाए दीर्घ सेवा पदक

वार्षिकोत्सवका अवसरमा राखेपमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा पदक प्रदान गरी सम्मान गरिएको हो। २० वर्ष सेवा अवधि पूरा गरेवापत १ जनाले परिषद् सेवा पदक पाएका हुन्। खेलकुद मन्त्री गहतराज, राखेप उपाध्यक्ष शिव कोइरालालगायतले उनीहरुलाई सेवा पदक प्रदान गरे।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ५८ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेपका निमित्त सदस्य-सचिव कुलबहादुर थापासहित २५ वर्ष सेवा अवधि पूरा गरेका ८६ जनाले दीर्घ सेवा पदक पाएका छन्।

National life

वार्षिकोत्सवका अवसरमा राखेपमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सेवा पदक प्रदान गरी सम्मान गरिएको हो। २० वर्ष सेवा अवधि पूरा गरेवापत १ जनाले परिषद् सेवा पदक पाएका हुन्। खेलकुद मन्त्री गहतराज, राखेप उपाध्यक्ष शिव कोइरालालगायतले उनीहरुलाई सेवा पदक प्रदान गरे।

त्यस्तै,   राखेपको नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ। राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन्।

उद्घाटनअघि भवन निर्माणको जिम्मेवारी पाएको शिव शक्ति चक्रेश्वरी जेभीका प्रोप्राइटर रामेश्वर देउजाले राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापालाई भवन हस्तान्तरण गरेका थिए।

प्रशासनिक भवन त्रिपुरेश्वरस्थित राखेप हातामै निर्माण गरिएको हो। पहिले उक्त स्थानमा खेलाडी छात्रावास, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्र, तालिम तथा प्रशिक्षण विभाग, सानलगायतका कार्यालयका संरचना थियो। २०७२ सालको विनाशकारी भूकम्पले उक्त संरचना विग्रिए बनाएपछि भत्काएर प्रशासनिक भवन निर्माण गरिएको हो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 21, 2022| 19:20 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।