बिहीबार, साउन १, २०८२

यूएईसँग नेपाल एक महिनामै तीनपटक पराजित

दुई फरक प्रतियोगितामा नेपाल यूएईसँग लगातार तेस्रो पटक पराजित भएको छ।
 |  सोमबार, चैत ७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

vianetvianet

काठमाडौं– दुई फरक प्रतियोगितामा नेपाल यूएईसँग लगातार तेस्रो पटक पराजित भएको छ। टी२० विश्वकप र एकदिवसीय विश्वकप क्रिकेट लिग २ को चक्रका महत्वपूर्ण तीन खेलमा नेपालले यूएईसँग लगातार तेस्रो हार बेहोरेको हो।

दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भर्खरै सम्पन्न भएको खेलमा नेपालले ९९ रनको विशाल हार बेहोर्यो। यो हारसँगै लिग २ को छैटौं स्थानमा रहेको नेपालको स्थान सुधार गर्ने अवसरमा पनि धक्का लागेको छ।

यदि नेपालले लिगका चार खेलमा जित निकाल्न सकेको भए तेस्रो स्थानसम्म पुग्ने सम्भावना थियो। तर नेपालले यूएईसँगका दुवै खेलमा हार बेहोरेपछि नेपालको स्थान यो सिरिज सकिएपछि पनि छैटौं नै रहने पक्का भएको छ। अहिले नेपालले ११ खेलबाट १० अंक बनाएको छ। चौथो स्थानमा पुग्नका लागि नेपाललाई कम्तिमा १४ अंकको आवश्यकता थियो। तर, लगातार दुई खेलमा हार बेहोरेपछि त्यो अवसर गुमेको छ।

सोमबारको खेलमा नेपालले जितका लागि २०३ रनको लक्ष्य पाएको थियो। तर ब्याटिङमा कमजोर सुरुआत गरेर ३५.१ ओभरमै अलआउट भएको नेपाली टिमले १०३ रनमात्र बनाउन सक्यो।

नेपालका लागि सबैभन्दा धेरै रन ज्ञानेन्द्र मल्लले बनाए। उनले ६५ बलमा ३० रन बनाएका हुन्। ओपनिङमा आएका दुवै खेलाडीले राम्रो गर्न सकेनन्। कुशल भुर्तेलले पाँच रन बनाए भने पवन सर्राफले दुई रनमात्र जोड्न सके।

नेपालका लागि भरपर्दा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी डगआउट भए भने रोहित पौडेलले पनि दोहोरो अंकमा रन बनाउन सकेनन्। आरिफ शेख र सोमपाल कामीले समान १५ रन बनाए।

नेपाली ब्याट्स्म्यानविरुद्ध यूएईका बलर हाबी भए। उनीहरुले नेपाली टिमका कुनै पनि खेलाडीलाई खुलेर खेल्नै दिएनन्। दुई मेडन राखेका जुनैद सिद्दिकीले चार विकेट गिराए भने कासिफ दौदले पनि दुई मेडन राखेर दुई विकेट लिए। अहमद राजाले पनि दुई विकेट नै लिए भने बसिल अहमदले एक विकेट गिराए।

खेलमा टस जितेर बलिङ राजेको नेपालले यूएईलाई २०२ रनमा रोकेपछि २०३ रनको लक्ष्य पाएको हो। यूएईले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा २०२ रन बनायो। नेपालविरुद्ध यूएईका मोहम्मद वासिमले ३३ रन बनाए भने चिराग सुरीले २६ रनको योगदान दिए। युबा ब्याट्सम्यान भृतिय अरविन्दले पनि २४ रनको योगदान दिए।

त्यस्तै, रोहन मुस्तफाले ६० रन बनाए भने बसिल अहमदले १७ रनको योगदान दिए। नेपालका लागि करण केसी र सोमपाल कामीले समान २–२ विकेट लिए भने सन्दीप लामिछानेले तीन विकेट लिए। दिपेन्द्र सिंह ऐरी  र आरिफ शेखले समान १–१ विकेट लिए।

पछिल्लो खेलमा नेपालले यूएईसँग ४८ रनको हार बेहोरेको थियो। त्यो खेलमा नेपालले १६८ रनको लक्ष्य पाएको थियो। तर नेपालले ३५ ओभर एक बलमै सबै विकेट गुमाएर १२० रन बनाएपछि हार बेहोरेको थियो। आज पनि नेपाल ३५ ओभर एक बलमै अलआउट भएको हो।

अहिले लिग २ मा नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ। नेपालले ११ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको हो। यता यूएईले भने १८ खेलबाट २२ अंक बनाएको छ।

यसअघि फेब्रुअरी २२ मा यूएईसँग ओमनमा हार बेहोरेपछि नेपालको विश्वकप यात्रामा ब्रेक लागेको हो। त्यो ग्लोबल क्वालिफायरमा हार बेहोरेपछि नेपालको टी २० वरीयता खस्किएको थियो।

प्रकाशित: Mar 21, 2022| 18:26 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।