आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एआईपीएस एसियाका महासचिवले भने– एनएसजेएफ स्पोर्ट्स अवार्ड एसियाकै उत्कृष्ट

एआईपीएस एसियाका महासचिवले भने– एनएसजेएफ स्पोर्ट्स अवार्ड एसियाकै उत्कृष्ट

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड –२०७७ को तयारी पूरा भएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं– आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड –२०७७ को तयारी पूरा भएको छ। आयोजकले सोमबार पत्रकार सम्मलेन गर्दै अवार्डको तयारी पूरा भएको जानकारी दिएको हो।

National life

अवार्डको तयारी पूरा भएको एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले जानकारी दिएका छन्। ‘अपरान्ह ३ः०० बजे सुरु हुने अवार्डमा चर्चित कलाकारको प्रस्तुतिसँगै प्रविधिको उच्च प्रयोग गरेर आकर्षक प्रस्तुति रहनेछ,’ अध्यक्ष सुवेदीले भने,‘यो वर्षको विषेश चाहिँ दशक अवार्ड नै हो।’

२०५२ साल भदौ २५ गते स्थापना भएको एनएसजेएफले २०५३ देखि अवार्ड कार्यक्रम सुरु गर्दै आएको हो। ‘कोरोना भाइरसको महामारीका कारण निर्धारित समयभन्दा केही ढिला हुन लागेको अवार्डलाई मञ्चले यसपटक ‘दशक अवार्ड’ को रूपमा आयोजना गर्न लागेको छ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

अवार्ड कार्यक्रम एनटीभी प्लस एचडी, एनटीभी न्युज, एक्सन स्पोर्टस एचडी, इमेज च्यानलबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जानकारी दिएको छ। त्यस्तै, एनएसजेएफको युट्युब च्यानल, फेसबुक पेज र खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रशारण हुनेछ। पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न नौं विधामा प्रदान ग भएको हो। ‘कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गरिनेछ,’ मञ्चका महासचिव प्रज्ज्वल ओलीले भने।

अवार्डका लागि पिपल्स च्वाइस विधाको भोटिङ आज राति १२ बजे सकिँदैछ। यो वर्ष पिपल्स च्वाइसका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, टेबलटेनिसकी एलिना महर्जन, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन्। पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबार नै गरिने छ।

Laxmi sunrise bank
kumari

कार्यक्रममा सहभागी हुन एआईपीएस एसियाका महासचिव अमजद अजिज मलिक काठमाडौं आइसकेका छन्। उनले नेपालको खेलकुद पत्रकारको संगठनले नियमित रुपमा अवार्ड गरिरहेको भन्दै प्रशंसा गरेका छन्।

उनले यसरी नियमित कार्यक्रम गरिरहेको संगठनलाई खेलकुद पत्रकारको एसियाली संस्था एआईपीइसमा पनि सहयोगमा लागि बैठकमा प्रस्तावन गर्ने बताएका छन्। ‘राम्रो काम गरिरहेका संस्थालाई हामीले पक्कै सम्मान गर्नुपर्छ। म यो कुरा एआईपीएसको बैठकमा राख्नेछु,’ उनले भने। एआईपीएसको कार्यसमितिको बैठक आज बस्दैछ।

यसरी वार्षिक रुपमा क्यालेन्डर बनाएर काम गर्ने खेलकुद पत्रकारको संस्था नेपाल र बंगलादेशमा मात्र छ। स्पोट्स् अवार्डमै दोस्रो पटक नेपाल आइपुगेका मलिकले यो अवार्ड एसियाकै उत्कृष्ट अवार्ड भएको बताएका छन्।

यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले ५० हजार रुपैयाँसहित  गिफ्ट ह्याम्पर पाउनेछन्।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी रहेको छ। अवार्डलाई सूर्य नेपाल प्रालि, ई–सेवा, डिस मिडिया नेटवर्क, केल्मी नेपाल, प्लाजा होटल ग्रुप, रोयल सिंगी होटल, इमेजिङ, नबिल इन्भेस्टमेन्ट बैंकिङ, रुस्लान लगायतले सहप्रायोजन गरेका छन् । साथै नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र नेपाल ओलम्पिक कमिटीले सहयोगी भूमिका निर्वाह गरेका छन्।

प्रकाशित: Mar 21, 2022| 16:46 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।