शुक्रबार, असार १९, २०८३

एसिया कप फुटसल छनोट खेल्ने नेपाली टिम घोषणा

एएफसी फुटसल एसियन कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको अन्तिम टोली घोषणा गरिएको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं- एएफसी फुटसल एसियन कप छनोटका लागि राष्ट्रिय फुटसल टोलीको अन्तिम टोली घोषणा गरिएको छ। 

राष्ट्रिय फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघले जनाएको हो।

अप्रिल १ देखि १५ सम्म किर्गिस्तानमा हुने छनोटका लागि टोली बन्द शिविरमा छ। प्रतियोगिताको समूह बी मा नेपालले उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तानसँगै समूह 'बी'मा छ। 

प्रतियोगिताको आयोजकका हिसाबले कुवेतले एसियन फुटसल कपमा स्थान बनाइसकेको छ। बाँकी टिम छनोट खेलबाट चयन हुनेछन्।

नेपालले आउँदो फुटसल छनोटमा अफगानिस्तान, उज्वेकिस्तान र ताजकिस्तानसँग किर्गिस्तानमा खेल्नेछ।

अन्तिम टोलीः
गोलकिपरः अनिश श्रेष्ठ, विश्वास पौडेल

फिक्सोः विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ

आलाः आदिल हमिद, कृजल खड्का, मणिकुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा

पिभोटः हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ

प्रकाशित: Mar 21, 2022| 16:15 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।