सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे परराष्ट्रले दियो औपचारिक जानकारी

चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे परराष्ट्रले दियो औपचारिक जानकारी

परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने औपचारिक भ्रमणको घोषणा गरेको छ।
 |  सोमबार, चैत ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत ७, २०७८

काठमाडौं– परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने औपचारिक भ्रमणको घोषणा गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी वाङ शुक्रबार नेपाल आउन लागेको जनाएको हो।

परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन्। 

त्यसैगरी परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा छलफल हुनेछ।

नेपाल बसाइका क्रममा चिनियाँ विदेशमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ।

विदेशमन्त्री वाङ चैत ११ गते बेलुकी काठमाडौं आइपुग्ने छन्। वाङको महत्त्वपूर्ण कार्यक्रमहरू सबै चैत १२ र १३ गतेलाई राखिएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चैत १२ गते नेपाल–चीन परराष्ट्र मन्त्रीस्तरीय द्विपक्षीय बैठक बस्नेछ।

वाङ चैत १३ गते साँझ स्वदेश फर्किने छन्।


प्रकाशित: Mar 21, 2022| 14:04 सोमबार, चैत ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...